क्र.सं. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्य विभाजन
1 स्वास्थ्य सेवा तथा पोषण सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन ।
2 प्रदेशमा स्वास्थ्य सेवामा आवद्ध जनशक्तिको विकास र व्यवस्थापन सम्बन्धी कार्ययोजनाको निर्माण, कार्यान्वयन र अनुगमन ।
3 प्रदेशभर स्वास्थ्य सेवामा प्रभावकारिता ल्याउन स्वास्थ्य जनशक्तिको अभिलेख व्यवस्थापन सहित समुचित वितरण र परिचालन ।
4 स्वास्थ्य सम्बन्धी विपद् तथा महामारी पूर्व तयारी तथा प्रतिकार्य योजनाको निर्माण र कार्यान्वयन ।
5 प्रदेशमा स्वास्थ्य प्रयोगशालाको मापदण्ड तथा गुणस्तर निर्धारण र अनुगमन ।
6 ग्रामीण क्षेत्रमा स्वास्थ्य घुम्ती शिविर सम्बन्धी कार्ययोजना निर्माण र सोको कार्यान्वयन तथा अनुगमन ।
7 स्वास्थ्य सेवाको प्रभावकारिता अभिवृद्धिका लागि संघ र स्थानीय तहसँग समन्वय र सहकार्य ।
8 स्वास्थ्यकर्मीको आचार संहिता निर्माण, कार्यान्वयन तथा अनुगमन ।
9 प्रदेशमा स्वास्थ्यको भौतिक संरचना, स्वास्थ्य उपकरण, एम्बुलेन्स, शववाहन र सम्पत्तिको प्रादेशिक अभिलेखको निर्माण र सोको समुचित व्यवस्थापन ।
10 नागरिकलाई अत्याधुनिक तवरले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूति गर्ने विषय ।
11 प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, प्रशामक तथा पुनर्स्थापनात्मक स्वास्थ्य सेवाको व्यवस्थापन ।
12 स्वास्थ्य सेवा सम्बन्धी प्रदेशस्तरीय प्राज्ञिक, व्यावसायिक र पेशागत संघ संस्थाको अभिलेख व्यवस्थापन र नियमन ।
13 प्रदेशमा स्वास्थ्य सेवाको गुणस्तर निर्धारण, अनुगमन र नियमन ।
14 राष्ट्रिय मापदण्ड बमोजिम औषधिजन्य तथा स्वास्थ्य प्रविधि सम्बन्धी सामग्रीको उत्पादन तथा सञ्चय, अधिकतम खुद्रा मूल्य निर्धारण, अन्तिम विसर्जन, गुणस्तर तथा मापदण्ड निर्धारण र नियमन ।
15 राष्ट्रिय मापदण्ड अनुरूप अस्पताल, नर्सिङ्ग होम, निदान केन्द्र, उपचार केन्द्र र अन्य स्वास्थ्य संस्था तथा प्रयोगशालाको दर्ता, सञ्चालन, अनुमति र नियमन ।
16 राष्ट्रिय मापदण्ड बमोजिम संघ र स्थानीय तहसँगको समन्वयमा स्वास्थ्य बीमाको कार्यान्वयन र पहुँच विस्तार एवं सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमको व्यवस्थापन तथा नियमन ।
17 औषधि निगरानी (फर्माकोविजिलेन्स), औषधिको उचित प्रयोग र सूक्ष्म जीवनिरोधक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स) न्यूनीकरण ।
18 खोपको आपूर्ति र व्यवस्थापन ।
19 संवेदनशील औषधि तथा अन्य स्वास्थ्य सामग्री खरिद तथा आपूर्ति व्यवस्थापन ।
20 प्रदेशस्तरमा स्वास्थ्य सेवा सम्बन्धी अध्ययन तथा अनुसन्धान, स्वास्थ्य लेखा पद्धतिको संस्थागत व्यवस्थापन, सूचना प्रवाह प्रणालीको व्यवस्थापन ।
21 जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स) व्यवस्थापन ।
22 सुर्तिजन्य वस्तुको नियन्त्रणका लागि समन्वय तथा नियमन ।
23 स्वास्थ्य सम्बन्धी आपत्कालीन अवस्था, महामारी व्यवस्थापन, आकस्मिक स्वास्थ्य सेवा प्रवाह, आपत्कालीन अवस्थाका लागि औषधि तथा औषधिजन्य सामग्रीको प्रादेशिक बफरस्टक व्यवस्थापन ।
24 सरुवा तथा नसर्ने रोग नियन्त्रण तथा रोकथाम ।
25 राष्ट्रिय मापदण्ड अनुरूप स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन ।
26 मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा सम्बन्धी नीति, कानून, मापदण्ड निर्धारण, कार्यान्वयन र नियमन।
27 स्वास्थ्य क्षेत्रमा सरकारी, निजी, गैरसरकारी, सहकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको परिचालन, समन्वय, साझेदारी र नियमन।
28 परम्परागत, आयुर्वेदिक, प्राकृतिक चिकित्सा, होमियोप्याथी, युनानी, सोवा रिग्पा लगायतका अन्य वैकल्पिक चिकित्सा प्रणाली सम्बन्धी नीति, कानून, मापदण्ड निर्धारण, औषधिको उत्पादन, गुणस्तर नियन्त्रण, उपचार सेवा प्रवाह र नियमन।
29 जनसंख्या व्यवस्थापन, परिवार नियोजन, मातृ तथा नवजात शिशु स्वास्थ्य, सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन र नियमन।
30 बसाइसराइ, शहरीकरण र जनसांख्यिकीय घटनाहरूको अध्ययन, अनुसन्धान, तथ्याङ्क सङ्कलन, विश्लेषण र जनसंख्या सम्बन्धी प्रादेशिक नीति तथा योजनामा जनसांख्यिकीय आयामहरूको आबद्धता।
31 स्वास्थ्य तथा जनसंख्या क्षेत्रसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिवद्धताहरूको प्रादेशिक स्तरमा कार्यान्वयन, समन्वय, अनुगमन र प्रतिवेदन।