प्रादेशिक अस्पताल जलेश्वरमा नवनिर्मित डाइलाइसिस युनिट (Dialysis Unit) को समुद्घाटन

Government of Nepal

प्रादेशिक अस्पताल जलेश्वरमा नवनिर्मित डाइलाइसिस युनिट (Dialysis Unit) को समुद्घाटन सम्पन्न भएको छ। मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय जंगीलाल रायज्यूको प्रमुख आतिथ्य र अस्पतालका नि. मे.सु. डा. रवि श्रीवास्तवको उपस्थितिमा यो सेवा विधिवत रूपमा सुरु भएको हो।यस सेवाको सुरुवातसँगै अब स्थानीय मृगौला रोगीहरूले उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास लिएका छौँ। स्वास्थ्य क्षेत्रमा सुधार र जनताको पहुँचमा गुणस्तरीय सेवा पुऱ्याउने हाम्रो प्रतिबद्धता जारी छ।