मिल्दैन। निवेदन दिँदा "यसअघि आर्थिक सहायता व्यवस्थापन कार्यविधि बमोजिमको उपचार सहायता नलिएको" भनी स्वयं घोषणा गर्नुपर्ने हुन्छ। यदि पहिले नै सहायता लिइसकेको वा झुठ्ठा विवरण दिएको ठहरिएमा कानुन बमोजिम कारबाही हुनेछ।
सिफारिस पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेश, जनकपुरधामको नाममा सम्बोधन गरिएको र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतले निर्णय गरी जारी गरेको सक्कल पत्र हुनुपर्छ।
हो, अनिवार्य छ। सहायता रकम सोझै बिरामीको खातामा जम्मा हुने भएकाले बिरामीको अद्यावधिक बैंक खाता र स्थायी लेखा नम्बर (PAN) कार्डको प्रतिलिपि बुझाउनु पर्छ। बैंक खाता नभएमा सहायता रकम जम्मा हुने छैन।
निवेदन साथ देहाय बमोजिमका कागजातहरू संलग्न गर्नुपर्छ
1.नागरिकता: निवेदक र बिरामीको नागरिकताको प्रमाणित प्रतिलिपि (नाबालकको हकमा जन्म दर्ता)।
2.नाता प्रमाणित: बिरामीको तर्फबाट परिवारका सदस्यले निवेदन दिएमा नाता प्रमाणित सक्कल कागजात।
3.स्थानीय तहको सिफारिस: प्रमुख प्रशासकीय अधिकृतको निर्णयसहितको सक्कल सिफारिस पत्र।
4.चिकित्सकको प्रमाण: सरकारी अस्पतालको डाक्टरले रोग प्रमाणित गरेको सक्कल पत्र।
5.मेडिकल रिपोर्ट: रोग निदान (Diagnosis) सम्बन्धी जाँच रिपोर्ट र अस्पताल भर्ना/पुर्जाका प्रतिलिपिहरू।
6.बैंक र PAN विवरण: बिरामीको नामको अद्यावधिक बैंक खाताको चेक र PAN कार्डको प्रतिलिपि।
मुटु रोग, मृगौला रोग, क्यान्सर रोग, पार्किन्सन्स रोग, अल्झाइमर्स रोग, स्पाइनल इन्जुरी, हेड इन्जुरी, कलेजो रोग, एप्लास्टिक एनिमिया, सिकलसेल एनिमिया, थालेसेमिया रोग, मस्तिष्कघात र अर्थराइटिस रोगका लागि उपचार सहायता पाउन सकिन्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यू, मधेश प्रदेश, जनकपुरधामको नाममा निवेदन बुझाउनुपर्छ